Logo

कोशीमा लोकसेवाको जिम्मा माओवादीलाई दिने सहमति



काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकारमा सहभागी दलहरुबीच राजनीतिक नियुक्तिको भागबन्डामा सहमति जुटेको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र कुमार राईसँग सरकर विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका कामबारे छलफल गरेका थिए ।

उक्त छलफलमा कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका विषयमा सहमति जुटेको छ । स्रोतका अनुसार प्रदेश लोकसेवा आयोगका अध्यक्ष माओवादीको भागमा परेको छ । त्यसैगरी कोशी प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व समाजवादीले पाउने सहमति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्