Logo

काठमाडौं महानगरको व्यवस्थापनमा चार ठाउँमा सहुलियत फूल विक्री कक्ष सञ्चालन



काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा नेपाल फ्लोरीकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा सहुलियतमा स्वदेशी फूल विक्री कक्ष सञ्चालनमा आएको छ । काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी सहुलियतमा फूल विक्री खुल्ला गरेको हो ।

‘आजदेखि हामी काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन, नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छौ,’– बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

अबको ४ दिनसम्म महानगरले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि बालेनले आग्रह गरेका छन् । महानगर, नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलिले फूल विक्री कक्षको अनुमन गर्ने पनि बालेनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot