Logo

काठमाडौं महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने



काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगर प्रहरीले तिहार पर्वको सुरक्षालाई लक्षित गरेर साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ ।

तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने महानगरीय प्रहरी प्रमुख राजु नाथ पाण्डेले बताए।

महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टलको समेत व्यवस्थापन गरेको छ । मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरले सहजीकरण गरेको हो ।

महानगरले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरूका लागि सहजीकरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot