Logo

मंसिर ७ को कार्यक्रमलाई दुर्गा प्रसाईँले चुनौति दिए युवा संघले छोड्दैनः महेश बस्नेत



काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ७ गतेको कार्यक्रमलाई दुर्गा प्रसाईँका मान्छेहरुले चुनौति दिन खोजे राष्ट्रिय युवा संघले नछाड्ने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय युवा संघ सडकको बाघ भएको बताए । उनले युवा संघलाई चुनौति दिने जोसुकै पनि चितुवाको अगाडि लम्पसार पर्ने बताए ।

‘राष्ट्रिय युवा संघ नेपाल सडकको बाघ हो भन्ने कुरा सबैले बुझेका छन् । घरमा पालेको कुकुर घरबेटीको आडमा बाहिरतिर मान्छे आयो भने भुक्छ । जब चितुवा र बाघ आउँछ त्यो कुकुर लम्पसार परेर सुत्छ र आत्म समर्पण गर्छ ।’ उनले भने, ‘७ गतेको कार्यक्रममा दुर्गा प्रसाईँहरुले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई चुनौति दिन्छन् भने चितुवा र बाघको अगाडि लम्पसार परेको कुकुरजस्तै दुर्गा प्रसाईँका मान्छेहरु पर्नेवाला छन् ।’

सरकारका विरुद्ध पीडित र शोषित जनताको पक्षमा आफूरुले सुरु गरेको अभियानमा टकराव दिन ढंगले कसैले क्रियाकला गरे आफूहरु चुप नबस्ने उतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot