Logo

जाजरकोटका भूकम्प प्रभावितलाई खाल्सा एडले खुवायो खाना



काठमाडौं, २६ कात्तिक । जाजरकोटका भूकम्प प्रभावितहरुलाई खाल्सा एडले खाना खुवाएको छ । खाल्सा एडले उक्त जिल्लाको मैदे लगायतका विभिन्न स्थानका भूकम्प प्रभावितहरुलाई खाना खुवाएको हो ।

रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका धेरै मानिसहरु घरबारविहीन भएका थिए । घर भत्किएर खानेकुरा पुरिँदा त्यहाँका भूकम्प प्रभावितहरुले भोकै रात विताएका थिए ।

सरकारले उक्त स्थानमा राहत वितरण गर्न ढिलाई गरिरहेको अवस्थामा खाल्सा एडले उनीहरुलाई सामूहिक रुपमा खाना बनाएर खुवाएको हो ।

खाल्सा एड अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसले विभिन्न देशहरुमा प्राकृतिक विपद्, र गृह युद्धको समयमा विभिन्न प्रकारका मानवीय सहायत उपलब्ध गराउँदै आएको छ ।

साथै, नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाह पनि भूकम्प प्रभावित क्षेत्रमा निरन्तर खटिएका छन् । भूकम्प गएदेखिनै उनी त्यहाँका स्थानीयहरु सँगै रहेर काम गरिरहेका छन् । उद्दार, उपचार र राहत वितरण र व्यवस्थापनमा उनले ठूलो योगदान दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot