Logo

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालनको तयारी भइरहेको छः मन्त्री किराती



काठमाडौं, २७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी भइरहेको बताएका छन् ।

आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रक्रियासमेत सुरु भएको बताए ।

काठमाडौंको एयर ट्राफिक जाम कम गर्नका लागि पनि भैरहवा, पोखरा र निजगढमा अन्तराष्ट्रिय विमानस्थल आवस्यक रहेको उनले बताए । निजगढमा अन्तराष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्रयाक निर्माण थालिएको उनले बताए ।

चितवनको इच्चाकामना गाउँपालिकाका चेपाङ्गहरुलाई न्यानो कपडा वितरण गर्न र चेपाङ्ग बालबालिकासँग तिहारको देउसी भैलो खेल्नका लागि मन्त्री किराती चितवन पुगेका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot