Logo

भूकम्पबाट घर आंशिक क्षति भएका परिवारलाई पनि ५० हजार दिने सरकारको निर्णय



काठमाडौं, २७ कात्तिक । सरकारले भूकम्पबाट घर आंशिक क्षति भएका परिवारलाई पनि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने भएको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ण र आंशिक घर क्षति भएका सबैलाई अस्थायी आवास निर्माणका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त भूकम्पमा विभिन्न जिल्लाहरुमा १७ हजार पाँच सय २९ घरहरुमा आंशिक क्षति पुगेको छ । जाजरकोटका सात हजार एक सय ६६ घरहरु आंशिक क्षति भएको छ ।

त्यसैगरी, रुकुम पश्चिममा भूकम्पका कारण नौ हजार नौ सय घरमा आंशिक क्षति भएको छ । त्यसैगरी घरहरुको आंशिक क्षतितर्फ रुकुम पूर्व एक सय ५२, सल्यान ९७, रोल्पा ८३, नवलपरासी पूर्व एक, दैलेखमा एक ,दाङमा सात, प्युठानमा ३१ रहेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा बढि घरमा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot