Logo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ



काठमाडौं, २७ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुद्धिराज जिमी १२ वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिका २ स्थायी ठेगाना भएका बुद्धिराजलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

बुद्धिराजमाथि २०६८ फागुन ३ गते सोही ठाउँका रविन जिमीको हत्याको आरोप रहेको छ । उक्त घटनापछि उनी फरार थिए । उक्त कर्तव्य ज्यान मुद्दा संखुवासभा जिल्ला अदालतले मुल्तवीमा राखेको थियो । फरार प्रतिवादी बुद्धिराजलाई प्रहरीले जिल्ला अदालत संखुवासभामा पेस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्