काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा सामाजिक सद्भाव भड्किने खाल्का गतिविधि भएकाले भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताए । टिकटक बन्द गराउन प्राविधिक कामका लागि अझै एक/डेढ घण्टा लाग्ने र त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले बताए ।