Logo

टिकटक ब्याण्ड गर्ने निर्णयलाई स्वागत गर्दै महेश बस्नेतले भने, ‘सरकारले सामाजिक सञ्जाल र युट्युव पनि नियमन गरोस्’



काठमाडौं, २७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । साथै, उनले सामाजिक सञ्जाल र युट्युवमा पनि नियमन गर्न उनले सरकारलाई सुभाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत अपराध गरिरहेका लागि कारबाहीको दायरामा ल्याउन उनले सरकारसमक्ष माग गरेका छन् ।

‘नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक संजाल र युट्युव पनि तत्काल नियमन गरोस्। यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कार्बाहीको दायरामा ल्याओस्,’– सामाजिक सञ्जालमा उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्