Logo

टिकटक बन्द गर्ने निर्णयपछि जसपा प्रचार विभाग प्रमुख बस्नेतको प्रतिक्रियाः ‘धमिरादेखि डराएर सरकारले घरमा आगो लगायो’



काठमाडौं, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले धमिरादेखि डराएर घरमा आगो लगाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति उनले यस्तो टिप्पणी गरेका हुन् । टिकटक बन्द गरेर सरकार निरङ्कशता र बर्बरतातर्फ उन्मुख भएको बस्नेतको भनाई छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot