काठमाडौं, २७ कात्तिक । मुस्ताङको कोरला नाका आजदेखि खुलेको छ । २०७६ सालदेखि ठप्प गरेको उक्त नाका आजदेखि सञ्चालनमा आएको हो । मुस्ताङका बासिन्दाहरु आजदेखिनै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।
कोरोना संक्रमणको महामारीपछि उक्त नाका ठप्प थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएको बेला उक्त नाका खोल्ने सहमति बनेको थियो । चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डले उक्त नाकाको निरीक्षणसमेत गरेका थिए ।
उक्त नाकासँग जोडिएका पालिकाका नागरिकहरुलाई सीमा पार पास प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक हजारभन्दा बढिलाई सीमा पार पास प्रदान गरेको छ ।