
काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको टिप्पणी गरेका छन् । उनले सरकारको उक्त कदमलाई निरङ्कुशताको बाटोका रुपमा औंल्याएका छन् ।
सामाजिक सञ्जालमार्फत हुने विकृति र विसंगतिको नियमनको आवस्यकता औंल्याउँदै उनले प्रतिबन्ध स्वीकार नगरिने बताएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्ध स्वीकार्य नरहेको बताउँदै उनले कुनै पनि हालतमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता हुनपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः
प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो। कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न।
आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको विरोध गरिन्छ। टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ।