Logo

रेलको लिकमा किचिएर एक जनाको मृत्य



काठमाडौं, २८ कात्तिक । धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिकै रेलको लिकमा किचिएर एक जनाको मृत्यु भएको छ । जनकपुरबाट जयनगरका लागि छुटेको रेलको लिकमा किचिएर अन्दाजी ५०/५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । मृतकको शरीप्रबाट खुट्टा अलग भएको अवस्थामा अहिले शव घटनास्थलमा नै रहेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot