Logo

मन्त्री ज्वालालाई धमलाको प्रश्नः ‘सरकार टिकटकसँग किन डरायो ?’



काठमाडौं, २८ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सबै दलहरुसँग लामो छलफल र समझदारीपछि टिकटक बन्द गर्ने निर्णय लिइएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टिकटक बन्द गर्ने निर्णयमा सबै दलको सहमति रहेको दाबी गरेका हुन् ।

‘सरकार टिकटकसँग किन डरायो ?’ भन्ने धमलाको प्रश्नमा केन्द्रीत हुँदै उनले समाजलाई दिग्भ्रमित बनाउने खाल्का क्रियाकलाप अन्त्य गर्न यस्तो निर्णय लिइरहेको बताए । टिकटकका कारण विद्यार्थीले नपढेको, कर्मचारीले अफिसमा काम नगरेको र मानवीय क्षतिसमेत भएको उनले बताए । टिकटकका कारण समाजमा अनुशासनहीनता बढेको र नेपाली समाजले पचाउन नसक्ने भल्गर सामाग्रीहरु सम्प्रषित हुने गरेकाले सरकारले बन्द गर्ने निर्णय लिएको उनले बताए ।

‘आम रुपमा सहमति छ । टिकटकले समाजमा एक खालको अराजकता फौलायो, पढ्ने विद्यार्थीहरुको पढाइ विगार्यो, अफिसमा काम गर्नेहरुले काम गर्न छोडे, टिकटक बनाउन थाले । व्यवसाय, काम, पढाइलाई असर पार्यो अनुशासनहीनता बढायो ।’ उनले भने, ‘हाम्रो नेपाली समाजले नपचाउने खाल्को भल्गर सामाग्रीहरु प्रशारित हुन थाले । टिकटक बनाउँदा कोही झोलुङ्गे पुलबाट खसे, कोही नदीमा डुबेका छन् । यो समाजलाई दिग्भ्रमित गर्ने र समाजलाई गलतबाटतिर लैजाने क्रियाकलाप भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot