Logo

जलनका १० जना विरामीलाई काठमाडौं ल्याइयो, उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । मोरङको उर्लाबारीमा आगलागीमा परी बि एण्ड सी अस्पतालमा उपचाररत जलनका १० जना विरामीलाई बर्न अस्पताल किर्तीपुर रिफर गरिएको छ । प्रदेश सरकारको समन्वयमा विरामीहरुलाई बर्न अस्पतालमा रिफर गरिएको हो । साथै, जलनमा परी घाईते भएका सबै विरामीहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उनीहरुलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइएको हो ।

कीर्तिपुरको बर्न अस्पतालमा रिफर गरिएका विरामीहरुमा मोरङ उर्लाबारी– ७ का सुजन सेन्दाङ, लाल बहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, रुकुम बहादुर कार्की, नविन थापा, हेम कुमार दाहाल र करण संग्रौला रहेका छन् ।

वि एण्ड सी अस्पतालले जलनका विरामीलाई बर्न अस्पताल किर्तीपुर रिफर गर्न आनाकानी गरेको थियो । मुख्यमन्त्री केदार कार्कीले वि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई मानवीयता देखाउन आग्रह गरेका थिए ।

मोरङ उर्लाबारी– ७ वरगाछिस्थित दिपक कार्कीको घरमा रहेको पसलबाट अचानक आगलागी हुँदा उनीहरु घाइते भएका थिए । आगो नियन्त्रणमा लिने क्रममा चार जना प्रहरीसहित २८ जना घाईते भएका थिए । तिमध्ये वि एण्ड सी अस्पतालमा उपचाररत १० जनालाई आज कीर्तिपुरको बर्न अस्पतालमा रिफर गरिएको हो ।

सोही आगलागीमा परी घाईते भएका १४ जनालाई हिजोनै नेपाली सेनाको जहाजमार्फत काठमाडौं पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot