Logo

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाको हातबाट लगाए भाइटीका



काठमाडौं, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेललाई विहान १० बजेर ५१ मिनेटको शुभसाइतमै बहिनीहरु शारदा पौडेल र चन्दा ओझाले भाइटीका लगाइदिएका हुन् ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot