Logo

सांसद तोसिमा कार्कीद्वारा जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा



काठमाडौं, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् ।

उक्त अस्पताललाई चाहिने सामान जुटाउनका लागि आफूले तलब सहयोग गर्ने उनले बताएकी हुन् । सामाजिक सञ्जालमार्फत उनले संघीय तथा प्रादेशिक सरोकारवाला निकायलाई ध्यानाकार्षण गराउँदै सहयोगका लागि सबै समक्ष अपील गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्ः

जाजरकोट असपतालमा उपकरण थप्ने विषयमा केहि साथीहरुले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ। पुनः जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोष सांसद विकास कोष सर्वोच्च द्वारा रोक्का/रद्द भईसकको अवस्था छ।

यद्दपि मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवा भाव साथ सानो सहयोग गर्नेछु।नेपाल सरकार स्वास्थ्य मन्त्रालय (संघ, प्रदेश) लाई पनि ध्यानाकर्षण गराएकोछु।हजुरहरु मनकारी नेपालीजन ले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ। आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवासहित सन्चालन सुरु गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्