Logo

माधव नेपाललाई धक्काः महोत्तरी जिल्ला अध्यक्ष यादवद्वारा पार्टी परित्याग, फर्किए पुरानै घर



काठमाडौं, ३० कात्तिक । नेकपा (एकीकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । नेकपा (एस) परित्याग गरी उनी पु्रानै घर नेकपा (एमाले) प्रवेश गरेका छन् । यादवलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

उनीसहित जिल्ला कमिटी र नगर कमिटीमा जिम्मेवार पदमा रहेका नेताहरुले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले दसैं,,तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले नेकपा (एस) परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा नेकपा (एस) जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायतको नेता तथा कार्यकर्ताहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्