Logo

एकथान दुर्गा प्रसाईँले झापाबाट हाच्युँ गर्दा १२ बुँदेहरु एक ठाउँमा भेला हुने अवस्था आयोः विश्लेषक सेढाईँ



काठमाडौं, १ मंसिर । राजनीतिक विश्लेषक हेमन्त सेढाईँले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यतामाथिनै प्रश्न उठिरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँजस्ता एकथान व्यक्तिले झापाबाट हाच्युँ गर्दानै गणतन्त्रवादीहरु तर्सिएको बताए । उनले अहिलेको परिस्थिति गणतन्त्रको विरुद्धमा निर्माण भइरहेको समेत बताए ।

‘२०६४ सालमा १२१ सिटको माओवादी, उसको नेतृत्वमा गणतन्त्र आयो । आज नेपाली कांग्रेस लगायतको दलहरुको वैशाखी टेकेर ३२ सिटमा झर्यो । अब गणतन्त्रको स्थिति के भयो ? एक थान हो नि दुर्गा प्रसाईँ भनेको त । एकथान दुर्गा प्रसाईँले भक्तपुरमा आफ्नो घरको कम्पाउन्डभित्र पत्रकार सम्मेलन गर्दा, झापाबाट हाच्युँ गर्दा १२ बुँदेहरु एक ठाउँमा भेला भए । परिस्थिति त्यो भएको छ अहिले,’– उनले भने ।

अहिले १९ महिनामा २४ लाख जनताले देश छोडेको उनले बताए । यसको जिम्मेवारी गणतन्त्रवादी दलहरुले लिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्