Logo

नेता ऐडी र उनको टिम दसैं तिहारमा समेत अस्थायी आवास निर्माणमै व्यस्त



काठमाडौं, १ मंसिर । नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडी र उनको टिम अहिले बझाङमा अस्थायी आवास निर्माणमा व्यस्त छन् । उनी र उनको टिमले दसैं तिहारको समयसमेत भूकम्पले भत्किएको बस्तीमा अस्थायी आवास निर्माण र मर्मतमा बिताए । नेता ऐडी र उनको टिमले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण आवासविहीन बनेका गरिब, एकल महिला, बृद्ध बृद्धा तथा सहारा नभएका ब्यक्तिहरुका लागि अस्थायी आवास निर्माण गरिदिएको हो ।

नेता ऐडीका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छविस पाथीभरा गाउँपालीका, मष्टा गाउँपालिका र थलारा गाउँपालिकाका एकल महिला ,बुढाबुढी र सहारा विहिनहरुका घर निमार्ण गरिएको छ ।

ऐडी नेतृत्वको टिमले अहिले सम्म १५ वटा घर बनाई सकेको र दुई वटा घरको आशिंक मर्मत स्वरुप टिनको छाना हालिदिएको छ । नेता ऐडीले भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण अभियान अझै जारी रहेको बताए । एकल महिला , विपन्न परिवार, अशक्त, असहायहरुका लागि अस्थायी आवास निर्माण गरिदिएको उनले बताए । आफूहरुले स्थलगत अवलोकनपछि अस्थायी घर बनाउने गरेको नेता ऐडीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot