काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको राजा र राजसंस्था पुनर्स्थापनाको सपना साकार नहुने बताएका छन् ।
आज (शुक्रबार) तनहुँको आँबुखैरेनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले ७० वर्षभन्दा धेरै लामो संघर्षबाट स्थापित भएको गणतन्त्रलाई कसैले पनि हल्लाउन नसक्ने बताएका हुन् ।
उनले गणतन्त्रको विरोध गर्नेहरुलाई राजनीतिक लफंगाको संज्ञा दिए । निरंकुश राजतन्त्र नेपाली जनताले कहिल्यै नविर्सने भन्दै उनले नेपालमा फेरी राजतन्त्र आउँछ भन्नु दिवास्वप्नामात्रै भएको बताए ।