काठमाडौं, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छठ पूजाका लागि काठमाडौंको गौरीघाटस्थित गुह्येश्वरी मन्दिर परिसरमा पुगेका छन् ।
गौरीघाट पुगेर मन्त्री किरातीले उक्त क्षेत्रको अवलोकन गर्नुका साथै भक्तजनहरुसँग छठ पर्वको शुभकामना आदान–प्रदान गरेका छन् ।
पछिल्लो समय छठ पर्व पमधेशसहित पहाडमा पनि मनाउन थालिएको छ । छठ पर्व मनाउनका लागि काठमाडौंका विभिन्न १३ स्थानमा भक्तजनहरुको भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाईन्छ ।