Logo

दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँड्नु गलत होः रामकुमारी झाँक्री



काठमाडौं, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेको टिप्पणी गरेकी छन् । उनले प्रसाईँको उक्त कार्यलाई गलत बाटो भनेकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेदैमा बैंकको ऋणबाट उन्मुक्ति नपाउने बताएकी हुन् ।

‘हजार समस्याको समाधान एउटै राजतन्त्र हो भनेर राजतन्त्रको प्रेतात्मा बोकेर हिड्नु भएको छ । त्यो निसन्देह गलत बाटो हो । त्यो गलत बाटोबाट उहाँले बैंकको ऋण नतिरेर पनि सुख पाउनेवाला होईन । खाएको ऋण नतिर भन्न पाइन्छ ? यो त पब्लिकको डिपोजिट हो । यो कुरा उहाँले राजनीतिक आवरणमा गरिरहनु भएको छ,’– उनले भनिन् ।

दुर्गा प्रसाईँ आज यसरी हिँड्नुको पछाडि राज्यका पनि कमिकमजोरी रहेको उनको भनाई छ । प्रसाईँले मेडिकल कजेल र हस्पिटल चलाउन राज्यबाट पाएको एलओआई, त्यो एलओआईको आधारमा उनले गरेको लगानीबारे राज्य गम्भीर हुन नसकेको उनको स्वीकारोक्ति छ । प्रसाईँको प्रोजेक्टमा बैंकहरुले गरेको फाइनन्सिङ, त्यसपछि नपाएको स्वीकृति र बैंकलाई ब्याज, किस्ता तिर्न पर्दाको पीडाबाट अहिलेको परिस्थिति निर्माण भएको उनले बताईन् । तर, प्रसाईँ राजनीतिक आवरणमा व्यवस्थाको विरुद्ध हिँड्नु लगत भएको उनको दाबी छ ।

प्रसाईँले गरेको लगानीको संरक्षण राज्यले गर्न पर्छ कि पर्दैन भन्ने कुरामा विर्मश र वहस गर्न सकिने बताउँदै उनले राजनीतिक आवरणमा बैंकको ऋण तिर्न नपर्ने र राजसंस्था अन्तिम विकल्प भन्नु गलत भएको उनले बताईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्