काठमाडौं, ३ मंसिर । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले छठ पूजा गरेका छन् । काठमाडौंको गौरीघाटस्थित् गुह्यश्वरी मन्दिर परिसरमा पुगेर उनले छठीमाताको पूजा आरधना गरेका हुन् ।
छठ पूजामा महानगरपालिका प्रमुख शाहसहित राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मधेशमा मात्रै सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौंलगायत पहाडी भेगमा पनि थालिएको छ ।