Logo

माओवादी घटकको एकताबारे बोले प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म समेट्ने उद्घोष



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी घटकबीच एकताबारे छलफल भइरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज (आईतबार) रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ समेतलाई पार्टीमा एकतावद्ध गराउने प्रयास भइरहेको बताएका हुन् ।

उनले माओवादी घटकहरु विभाजित हुँदा नेता तथा कार्यकर्तादेखि घाईते र सहिद परिवारमा समेत निराशा छाएको बताए ।माओवादी घटकहरुको विभाजनले जनयुद्धका उपलब्धीहरु पनि ओझेलमा पर्ने खतरा बढेकाले एकताको विकल्प नरहेको उनले बताए ।

साथै, पार्टी एकताका सन्दर्भमा आज विहान पनि विप्लवसँग छलफल भएको उनले बताए । नेसपा अध्यक्ष डा. भट्टराईसँग पनि आफू निरन्तर संवादमा रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्