Logo

दुर्गा प्रसाईको आरोप, ‘केपी ओलीले राजाको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर आङछिरिङलाई दिए’ (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजाको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आङछिरिङलाई दिएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, व्यवसायीहरु आङछिरिङदेखि दीपक मलहोत्रासम्म केपी ओलीको विजनेश पाट्नर भएको उनको दाबी छ । साथै, आफूलाई एमाले अध्यक्ष ओलीदेखि थुप्रै नेताहरुको काण्ड थाहा भएको उनको दाबी छ । एमाले नेताहरुका ती काण्डहरु विस्तारै बाहिर ल्याउने उनले बताए ।

‘राजाको सम्पत्ति जम्मै नेपाल ट्रष्टमा ल्याएर नेपाल ट्रष्टको सम्पत्ति आङछिरिङलाई दिएको छ भनेपछि तपाईँ कुरा बुझ्नुस् न । माथि एयरपोर्ट हेर्नुस् त दीपक मलहोत्रा, दीपक मलहोत्रा कसको पाट्नर हो ?’ प्रश्न गर्दै उनले भने, ‘तुल्सिलाल अग्रवाल कसको पाट्नर हो ? राजाको सम्पत्ति जम्मै नेपाल ट्रष्टमा ल्याएर जम्मै आङछिरिङलाई दिएको छ केपी ओलीले । आङछिरिङ भनेकै केपी ओली हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot