Logo

मंसिर ७ को त्रासः उपत्यकाका सुरक्षा प्रमुखहरु जुटे छलफलमा



काठमाडौं, ५ मंसिर । उपत्यकाका सुरक्षा प्रमुखहरुको बैठक जारी रहेको छ । आगामी मंसिर ७ गते नेकपा (एमाले) को युवा संगठन राष्ट्रय युवा संघ नेपाल र राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनको सुरक्षा सम्बन्धी छलफलका लागि उपत्यकाका चारवटै सुरक्षा निकाय प्रमुखहरु सैनिक पृतनामा छलफलमा जुटेका हुन् ।

बैठकमा पृतनापति उपरथी सागरबाबु थापा, नेपाल प्रहरीका काठमाडौं उपत्यका प्रमुख एआईजी दीपक थापा, सशस्त्र प्रहरी बलका नम्बर ९ पशुपतिनाथ बाहिनी प्रमुख डीआईजी पुरुषोत्तम थापा र राष्ट्रिय अनुसन्धान विभागका उपत्यका प्रमुख अनुसन्धान निर्देशक प्रजेशसिंह हमाल सहभागी छन्। File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot