Logo

साइबर ब्यूरोले भन्योः ‘भीपीएन प्रयोग गरी टिकटक चलाउँदा चोरी हुनसक्छ’



काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीको साइबर ब्यूरोले भीपीएन र डीएनएसजस्ता एपको प्रयोग गरी टिकटक चलाउँदा प्रयोग कर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणमा पहुँच पुगी चोरी हुनसक्ने बताएका छ । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भीपीएन र डीएनएसको प्रयोग गरी अवैध रुपमा टिकटक नचलाउन आग्रह गरेको हो ।

‘भीपीएन र डीएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणहरूको समेत पहुँच पुयाई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’– विज्ञप्तिमा भनिएको छ ।

साथै, टिकटकको माध्यमबाट विद्युतिय स्वरुपमा गैरकानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत हुने गरेको पाइएको साइबर ब्यूरोले बताएको छ । ब्यूरोले यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगरान भनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot