Logo

कांग्रेसले निर्माण विज्ञ, दक्ष मिस्त्री र स्वयंसेवकसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट निर्माण विज्ञ, दक्ष मिस्त्री र स्वयंसेवकसहितको टोली पठाउने निर्णय गरेको छ । आज (मंगलबार) पार्टी महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पु्¥याउने उद्देश्यले श्रमदान गर्न एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।

पहिलो चरणमा पठाएको समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन बताइएको छ ।

साथै, श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने पनि निर्णय भएको छ । त्यसैगरी, आजको बैठकले प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरुः

(१) भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पु्¥याउने उद्देश्यले श्रमदान गर्न यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने । उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिनेछ ।

(२) श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने ।

(३)प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने ।

(४) नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने ।

(५) नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्नस्थापना सम्वन्धी अध्ययन गरि आवश्यक साधन स्रोत उपलव्ध गराई सहयोग पु¥याउने ।

(६) भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्र बारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्