Logo

नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं,५ मंसिर । नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उक्त प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतले दायर गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ सुरु भएको थियो । उक्त मुद्दामा वहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दा आज उच्च अदालतका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ सुरु भएको थियो ।

यस प्रकरणमा पक्राउ परेका केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन बाहेक अरु सबैलाई पुर्पक्षका लागि थुनामा पठाउन १ असारमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आदेश दिएको थियो । उक्त आदेशपछि आरोपीतहरु हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकराण्मा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री राईका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पुर्पक्षका लागि थुनामा छन्।

सबैको निवेदनमाथि आजदेखि एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ। अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ। उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्