Logo

श्रीमती कुटेको भन्दै गाली आएपछि कमेडियन हिमेशले भने ‘मेरो बिहे नै भएको छैन’



काठमाडौं, ६ कात्तिक । कमेडियन हिमेश पन्तले नाम मिलेकै कारण गाली खाइरहेका छन् । ‘हिमेश’ नामका एक जना पत्रकारकी श्रीमतीले आफूलाई श्रीमानले कुटेको भन्दै सामाजिक सञ्जालमा लाईभ आएपछि पन्तलाई धेरैले गाली गर्दैै म्यासेज गरेका छन् ।

आफूलाई धेरैको गाली आएपछि उनले यो विषयमा स्पष्टीकरणनै दिनु परेको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हिमेश नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ। हिजो देखी मेरो इनबक्समा गालीका मेसेजहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’

भएको के थियो ?

हिमेश न्यौपाने नाम गरेका एक जना पत्रकारकी श्रीमतीले आफूलाई श्रीमानले घरेलु हिंसा गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाईभ आएकी थिईन् । उनले आफूलाई श्रीमानले शारीरिक एवं मानसिक यातना दिएको बताएकी थिईन् । हिमेश नाम मिलेकै आधारमा उनलाई विभिन्न व्यक्तिहरुले गाली गर्दै म्यासेज पठाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्