Logo

डा. केसीको ‘जूनको रोटी’ काव्य संग्रह सार्वजनिक



काठमाडौं, ६ मंसिर । नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा.वीरेन्द्र केसीको काव्य संग्रह जूनको रोटी सार्वजनिक भएको छ । आज काठमाण्डौको निम्तो रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक गरिएको हो । यस कृतिमा पचास वटा मुक्तक, पचास वटा हाइकु र पचास वटा सेन्यूहरू संग्रहित रहेका छन् ।

एक दशकदेखि न्युजिल्यान्ड बस्दै आएका केसीले सन् २०२१ मा आमाको काखमा दुखेको देश कविता संग्रह र सन् २०२२ मा किवीको देशमा डाँफेको गुञ्जन गजल संग्रह निकालेका थिए ।

सिँचाइमा पिएचडी गरेका केसी हाल प्राध्यापन तथा वरिष्ठ जलस्रोत इन्जिनियरका रुपमा कार्यरत रहेका छन् । उनी न्युजिल्यान्डका विभिन्न साहित्यिक गतिविधिमा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्