Logo

अनुदानमा पाएको १५ वटा मुर्रा राँगा ल्याउन भारतीय भन्सारद्वारा रोक



काठमाडौं, ६ मंसिर । नश्ल सुधारका लागि नेपाल सरकारलाई भारतीय सरकारले दिएको १५ वटा मुर्रा राँगा भारतीय भन्सारले रोकेको छ । आज नेपाल ल्याइने भनिएको उक्त राँगाहरु भारतीय भन्सारले भन्सार अनुज्ञ पत्र नभएको भन्दै रोक लगाएको हो ।

उक्त मुर्रा राँगाहरु बाँकेको नेपालगञ्जस्थित रुपैडिहा–नमुनाहा नाकाबाट नेपाल ल्याउन लागिएको थियो । उक्त मुर्रा राँगा नेपाल भित्र्याउन भारतको पञ्जाबबाट विल बनाएर ल्याउन पर्ने बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्