Logo

प्रहरीद्वारा घरमै बन्धक बनाइएपछि दुर्गा प्रसाईँको पत्रकार सम्मेलन {LIVE}



काठमाडौं,८ मंसिर । प्रहरीद्वारा बन्धक बनाइएपछि दुर्गा प्रसाईँले घरबाटनै पत्रकार सम्मेलन गरेका छन् । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी प्रसाईलाई आजबाट प्रहरीले घरमै बन्धक बनाएको थिए ।

भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले दुर्गा प्रसाईँलाई एरेस्ट गरेपछि सबै ठीक हुन्छ भन्ने सोचेको उनले बताए । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवासँग घाँटी जोडेर कम्युनिष्ट सिद्धान्तबाट बाहिरिएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot