Logo

हामी धर्मभन्दा बाहिर छैनौंः क्षितिज थेबे



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी र आफूहरु धर्म, संस्कृति र परम्पराभन्दा बाहिर नरहेको बताएका छन् । आफूहरु सबै मतदाताको धर्म संकृति र परम्परामा सहभागी हुन आवस्यक रहेको उनले बताए ।

सबै जनताको धर्म, सांस्कृति र परम्परालाई सम्मान गरेर र उक्त कार्यक्रममा सहभागी भएरनै एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने उनले बताए । सबै धर्म, संस्कृति र परम्परालाई सम्मान गरेपनि पार्टीको दृष्टिकोण भने माक्र्सवादीनै हुनुपर्ने उनले बताए ।

‘अब हामी धर्मभन्दा बाहिर छैनौं । कला संस्कृतिभन्दा बाहिर छैनौं । हाम्रो परम्परा रीतिरिवाज भन्दा बाहिर छैनौं । हरेक मुभमेन्टमा हामीसँगै हिँड्छौं,’– युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने ।

साथै, युवा संघले हिजो आयोजना गरेको विशाल प्रदर्शनले नयाँ सन्देश प्रवाह गरिसकेको उनको भनाई छ । उनले अबको राजनीतिलाई वैज्ञानिक ढंगले नेतृत्व गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot