Logo

दुर्गा प्रसाईँ घरमै बन्धक, समर्थक प्रहरी नियन्त्रणमा (फोटोफिचर)



काठमाडौं, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज (शुक्रबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै, आफूलाई राज्यले घरमै बन्धक बनाएर बाहिर निस्कन नदिएको प्रसाईँको दाबी छ । उनले केही समय अघि घरबाटै पत्रकार सम्मेलन गर्दै आफू ‘होम एरेस्ट’ मा रहेको बताएका थिए ।

प्रसाईँका समर्थकहरुलाई प्रहरीले विभिन्न स्थानबाट धरपकड गरिरहेको छ । प्रसाईँका समर्थकको अलवा प्रहरीले सर्वसाधरणलाई समेत सास्ती दिइरहेको बताइएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्