काठमाडौं, ९ मंसिर । रसुवा जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले ढुंगामुढा बर्साएका छन् । हिजो (शुक्रबार) साँझको ६ बजेतिर पीडित पक्षले अदालतमा ढंगामुढा गरेका थिए । सो क्रममा प्रहरी र पीडित पक्षबीच झडपसमेत भएको थियो ।
काले भनिने छिरिङ तमा«ङ भोटेकोशीमा हामफाली बेपत्ता भएको मुद्दामा गोसाईकुण्ड गाउपालिका–१ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङ लागायतलाई अदालतले धरौटीमा छोडेपछि झडपको वातावरण बनेको थियो ।
पीडित पक्षका ८० जनाभन्दा बढि आफन्तहरु भेलाभइ गरेको ढुंगामुढा र आक्रमणलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । झडपमा तीन जना प्रहरी घाईते भएका छन् ।