Logo

बचतकर्ताको रकम हिनामिनाः अम्बे सहकारीका अध्यक्ष मगरसहित पाँच जना पक्राउ



काठमाडौं, ९ मंसिर । बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित पाँच जना सञ्चालक पक्राउ परेका छन् । सहकारीले बचतकर्ताको ४० करोडभन्दा बढि रकम हिनामिना गरेको आरोपमा अध्यक्ष मगरसहित सञ्चालकहरु कुमार आलो, शिला गजमेर, राहुल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहकारीका अध्यक्ष र सञ्चालकविरुद्ध बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । बचतकर्ताको उजुरीपछि जिप्रकामा बचतकर्ता र सहकारीका सञ्चालकबीच पटक–पटक छलफल भएको थियो । छलफलमा सञ्चालकहरुले बचत फिर्ता दिने सहमति जनाएपनि बचतकर्ताको रकम फिर्ता नभएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेको एक जना सञ्चालकको नाम प्रहरीले गोप्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस्