काठमाडौं, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफूलाई काठमाडौं उपत्यकावासीले साथ नदिएको भन्दै गुनासो गरेका छन् ।
आज (शनिबार) सिफलमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईँले यस्तो बताएका हुन् । उपत्यकाबासीले आफूलाई साथ नदिएपनि जीवनभर उनीहरुको हितमा काम गर्ने प्रसाईँले प्रतिवद्धता व्यक्त गरे ।
उनले अहिले युवाहरुले देशमा बस्न नचाहेको र विदेशिने क्रम बढिरहेको बताउँदै यही क्रम जारी रहे अब काठमाडौं रित्तिनेसमेत बताए । यही क्रमले निरन्तरता पाए अब काठमाडौं उपत्यकामा केही समयपछि स्याल कराउने उनको दाबी छ ।