Logo

ताप्लेजुङमा पहिचानवादी र युवा संघबीच झडप, एमाले सचिव भट्टराईलाई देखाइयो कालो झण्डा



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा पहिचानवादीहरुले कालो झण्डा देखाएका छन् । गृह जिल्लामा रहेका सचिव भट्टराईको निवास अगाडि पहिचानवादीहरुले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् ।

कालो झण्डासहित प्रदर्शन भएपछि प्रदर्शनकारी र एमालेको युवा संगठन राष्ट्रिय युवा संघबीच झडप भएको छ । कडा सुरक्षा व्यवस्थाबीच पनि उनीहरुबीच घम्साघम्सी भएको हो ।

उनीहरुले आज एमाले कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । पहिचानवादीहरुले गत असार १ गते विज्ञप्ति जारी गर्दै भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने उद्घोष गरेका थिए ।

पहिचानवादी नेताहरुले भट्टराई पहिचान विरोधी नेता भएको आरोप लगाउँदै आएका छन् । उनीहरुले कोशी प्रदेश नाम खारेज हुनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामांकन गरिनुपर्ने बताउँदै आएका छन् ।

एमाले सचिव भट्टराई गृह जिल्ला आएको बेला त्यहाँको पार्टी कमिटीले चियापान कार्यक्रम आयोजना गरेको थियो । चियापान कार्यक्रममा सांसद् उर्मिला थेबे, प्रदेश सांसद तिलकुमार मेन्याङवो लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot