Logo

यस्ता छन् किबी फल खानुका फाइदा…



काठमाडौं, १० मंसिर । किबी फल धेरै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । किबी फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाइ खाने गरिन्छ । किबीको व्यवसायिक खेती अहिले नेपालमा पनि सुरु भएको छ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, इलामलगायतका जिल्लाहरुमा किबीको व्यवसायिक खेती भइरहेको छ ।

किबी फलको सेवन गर्भवती महिला, मधुमेह, मुटुसम्बन्धी रोग, मांशपेशीय क्षय, मोटोपना, दमजस्ता रोग भएकाहरुलाई लाभदायक हुन्छ ।

किबी लहरामा फल्ने बहुवर्षीय प्रकृतिको फल हो । यो फल रोपेको चौथो महिनादेखि नै फल्न सुरु गर्छ । आम्दानीको हिसाबले पनि यो फल एकदमै राम्रो रहेको छ । किबी एउटा बोटमा सरदर ५० केजीसम्म फल्ने कृषकहरु बताउँछन् । किबीको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा यसलाई लिइन्छ ।

किबीमा स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा पाइने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । किबीमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्दछ । किबीमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले यो फल नियमित सेवन गर्दा पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिँदैन ।



प्रतिक्रिया दिनुहोस्