Logo

सरकारी छाप र दस्तखत किर्ते गरी संयुक्त नाममा रहेको जग्गा बेच्न खोज्ने पाँच जना पक्राउ



काठमाडौं, १० मंसिर । सरकारी छाप र दस्तखत किर्ते गरी संयुक्त नाममा रहेको जग्गा बेच्ने प्रयास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ का चेतनलाल राजवंशी, कन्हरुलाल केवरत, विष्णु राजवंशी, झरियादेवी राजवंशी र पैखनलाल राजवंशीलाई सरकारी छाप र दस्तखत किर्ते गरी संयुक्त नाममा रहेको जग्गा बेच्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले वडाअध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर र वडाको छाप किर्ते गरेको पाइएको छ । वडाबाट घरबाटो र जग्गा वर्गीकरणको सिफारिस बनाउँदा हस्ताक्षर, वडाको छाप र लेटरहेड किर्ते गरी सिफारिस पत्र बनाएको पाइएको छ ।

्वडाध्यक्ष ताजपुरियाले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरु विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । पक्राउ परेका सबैको उमेर ६० वर्षभन्दा बढि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्