काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाई हुन नसक्दा सरकारको कूटनीतिक प्रभावकारितामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् ।
इजरायल र हमास बीचमा दुवैतर्फबाट बन्धक बनाएकाहरूलाई रिहाई प्रक्रिया चलिरहँदा नेपाली युवक जोशीको रिहाइमा सरकारले प्रभावकारी पहल लिन नसकेको उनको गुनासो रहेको छ । उनले विपिनको रिहाइका लागि राज्यको उपस्थिति देखाउन नसकिएको बताए ।
आफ्नो देशको नागरिकको जीवन रक्षा गर्नु राज्यको अनिवार्य दायित्व र धर्म रहेको उनले बताएका छन् । बलियो कूटनीतिक अभ्यासले मात्रै हामीले आफ्नो उपस्थितिलाई परिणाममुखी बनाउन सकिने बताउँदै उनले विपिनको रिहाइका लागि सरकारलाई सकरात्मक परिमाण आउने गरी सम्बन्धित निकायसँग कूटनीतिक पहल गर्न आग्रह गरे ।