काठमाडौं, १२ मंसिर । रुसी सेनामा भर्ती भएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति राजकुमार रोका भएको बताइएको छ ।
दोलखा जिल्लाको मेलुङ गाउपालिका वडा नं. ६ स्थायी ठेगाना भएका रोका केही महिना अगाडि रसिया पुगेका थिए । रोका नेपाल प्रहरीको जागिर छोडेर रसिया पुगेको बताइएको छ ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले उनी मारिएको पुष्टि गरे। । घटनाबारे आवस्यक जाँच बुझको काम भइरहेको उनले बताए ।