काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्ने बताएका छन् ।
आज (मंगलबार) लुम्बिनीमा सरोकारवालाहरुसँग छलफलपछि मन्त्री किरातीले गौतम बुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्न संसारभरका बौद्धमार्गीहरुलाई आह्वान गरेका हुन् ।
शान्तिका अग्रदूतका रुपमा संसारले चिनेका बुद्ध जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवीको नाममा प्रसूति गृह सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।