Logo

वर्तमान व्यवस्था खारेज गरी अन्तरिम सरकार गठन गर्नुपर्ने आजपाको निचोड



काठमाडौं, १२ मंसिर । आम जनता पार्टीको स्थायी कमिटीको पूर्ण बैठकले वर्तमान व्यवस्थाको खारेज गरी अन्तरिम सरकार गठन गर्नुपर्ने निचोड निकालेको छ । आजपाका अध्यक्ष प्रभु साहको अध्यक्षतामा हिजो र आज बसेको बैठकले देशमा विद्यमान जटिल परिस्थिति एवं संकटको निकासको लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकार गठनको निचोडसहित विभिन्न छ बुँदे निर्णय गरेको छ ।

आजपाको केन्द्रीय कमिटी बैठकले पौष १४ गते पार्टी स्थापना दिवस भव्यता साथ मनाउने र आईटी आर्मीको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । साथै, सातै प्रदेशका ईन्चार्जहरुसमेत तोकिएका छन् । आजपाले लिम्बुवान किरातमा रामप्रित राम, मधेशमा सुधीर यादव, ताम्सालिङ नेवामा अरुण घिसिङ, तमुवान गण्डकमा तिलक थापा, लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापामगर, सुदूर पश्चिममा ज्ञानेन्द्र कुमार तामाङलाई इन्चार्ज तोकेको छ ।

त्यस्तै, प्रवासका देशहरूमा सम्पर्क र संगठन स्थापनाका लागिसमेत जिम्मेवारी तोकिएको छ । साथै, आजपाले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बद्री प्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्