Logo

मन्त्री फेर्ने कुरा मलाई थाहा छैनः अर्थमन्त्री महत



काठमाडौं, १३ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद् हेरफेर हुने कुरा आफूलाई केही थाहा नभएको बताएका छन् । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व प्रदाधिकारीहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बैठकमा आफूहरुले सरकारमा रहेर गरेका कामबारे जानकारी गराएको बताए ।

कांग्रेस उपसभापतिसमेत रहेका रक्षा मन्त्री पूर्णबहादुर खड्का र आफूले सरकारमा रहेर गरेका कामबारे पार्टीलाई जानरकारी गराएपनि मन्त्री फेरबदलको कुरा पार्टी र स्वयं प्रधानमन्त्रीबाट समेत केही जानकारी नपाएको बताएका हुन् ।

‘सरकार सञ्चालनको विषयमा पूर्णजी र मैले के–के भएको छ भन्ने कुरा राखेका छौं । नेपाली कांग्रेको तर्फबाट हामी सरकारमा छौं । हामीले गरिराखेका कामहरु पनि राख्यो । हामीले गरिराखेका काम खास गरेर भूकम्पका सन्दर्भमा भएका काम बारेमा पनि कुरा राख्यौं ।’ उनले भने, ‘मन्त्री फेर्ने विषयमा मलाई थाहा छैन । न प्रधानमन्त्रीले बताउनु भएको न पार्टी सभापतिले, केही पनि भन्नुभएको छैन ।’



प्रतिक्रिया दिनुहोस्