Logo

प्रदीप पौडेललाई धमलाको प्रश्नः ‘प्रचण्डपछि कांग्रेसबाट प्रधानमन्त्री देउवा कि थापा ?



काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति देउवा लगायत पार्टीमा धेरै पटक अवसर पाएका नेताहरुले अव अभिभावक बनेर बस्नुपर्ने बताएका हुन् ।

‘आलोपालो सरकार सञ्चालनको सहमति भएको छ । प्रचण्डपछि कांग्रेसबाट अबको प्रधानमन्त्री को त ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘हामीले हाम्रो दलको संसदीय दलको नेता जसलाई बनाएका छौं, कांग्रेसले अबसर पायो भने उहाँनै हुने हो । संसदीय दलको नेता फेरिनु भएन भने उहाँ (देउवा) नै प्रधानमन्त्री हो नि । हाम्रो नेतृत्व हाम्रो आदनीय सभापति ज्यू लगायत अरु दलका नेताहरु पनि अभिभावक बनिदिनुपर्छ । उहाँहरु बाहिर बसेर नयाँ नेतृत्वलाई सिकाउन सक्नुपर्छ ।’

बारम्बार अबसर पाएर पनि जनताले चाहेझैं गर्न नसकेका नेताहरुबाट अब जनताले उनीहरुको भनाई र गराईको तादम्यता महशुस गर्ननसक्ने बताउँदै उनले नयाँ पुस्तालाई नेतृत्व छोडिदिनुपर्ने बताए । नयाँ पुस्ताले नेतृत्व कृपामा भन्दापनि प्रक्रियामार्फत लिन चाहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्