Logo

नवराज विक हत्या प्रकरणः आजदेखि सुनुवाइ सुरु



काठमाडौं, १७ मंसिर । नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ सुरु भएको छ । २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।

उनकी प्रेमिका मल्ल थरकी थिईन् । नवराज र ती मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध भएपनि जात नमिल्ने भएकाले विवाह हुन नदिने आफन्तको तयारी थियो । अर्कोतर्फ नवराज विक लगायत आउँदै गरेको कुरा युवतीको घरमा थाहा थियो । युवतीका आफन्तले सोही वडाका तत्कालीन वडाअध्यक्ष डम्बरबहादु मल्लसँग सल्लाह लिएर जसरी भएपनि विवाह हुन नदिने योजना बनाए ।

सोही योजना अनुसार उनीहरुले नवराज विक, उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको निर्ममतापुर्वक हत्या गरे । गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।

उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्